Home/ NAFEA Legislation

NAFEA Legislation

NAFEA LEGISLATION (Bidhan)

Download Full PDF NAFEA LEGISLATION (Bidhan)

प्रस्तावना

देशमा देखिएको वेरोजगारी समस्या निवारणको निमित्त कानुन बमोजिम स्वीकृत प्राप्त गरी संचालन भएको वैदेशिक रोजगार व्यवसायलाई समन्वय गरी स्वच्छ प्रतिस्पर्धात्मक ढंगबाट अगाडी बढाउदै हाल खेर गइरहेको बेरोजगार जनशक्तिलाई सरल, सुरक्षित एवं सुव्यवस्थित रुपमा वैदेशिक रोजगारीका अवसर उपलब्ध गराई विदेशी मुद्रा आर्जन गरी गरीवी निवारण तथा मुलुकको सर्वाङ्गिण विकास गर्नु समयको माग भएकोले नेपाल सरकारलाई वैदेशिक रोजगारको क्षेत्रमा सहयोग सल्लाह तथा सुझाव समेत प्रदान गरी वैदेशिक रोजगार व्यवसायीको पेशागत हक हितको संरक्षण गरी व्यवसायलाई व्यवस्थित ढंगबाट समयानुकुल तथा पारदर्शी गर्दै जानुपर्ने आवश्यकतालाई समेत अंगिकार गरी नेपाल वैदेशिक रोजगार व्यवसायी संघको स्थापना गरिएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ :

यस विधानको नाम “नेपाल वैदेशिक रोजगार व्यवसायी संघ २०४९” रहनेछ र अंग्रेजीमा यसलाई Nepal Assocoiation Of Foreign Employment Agencies भनिने छ ।

यो विधान नेपाल सरकारले स्वीकृत प्रदान गरेको मिति देखि लागु हुनेछ ।

यसलाई छोटकरीमा नेपालीमा ने.बै.रो.व्य.सं र अंग्रेजीमा NAFEA भनिनेछ ।

यो विधान सं घको सबै किसिमको सदस्य पदाधिकारी तथा कर्मचारीलाई लागु हुनेछ ।

२. परिभाषा :

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस विधानमा :

“विधान” भन्नाले संघको विधानलाई जनाउनेछ ।

“संघ” भन्नाले यस विधान अन्तरगतको व्यवसायी संघ सम्झनु पर्दछ ।

“ऐन” भन्नाले बैदेशिक रोजगार ऐन २०६४ लाई सम्झनु पर्दछ ।

“नियम” भन्नाले यस विधान अन्तरगत बनेको नियम सम्झनु पर्दछ ।

“सदस्य” भन्नाले संघको कार्यसमितिका सदस्यहरुलाई सम्झनु पर्दछ ।

“नियमावली” भन्नाले वैदेशिक रोजगार नियमावली २०६४ लाई सम्झनु पर्दछ ।

“दफा” भन्नाले यस विधानको दफा सम्झनु पर्दछ ।

“पेशा” भन्नाले वैदेशिक रोजगार सेवा उद्योगमा संलग्न सम्पुर्ण काम कारवाहीलाई सम्झनुपर्दछ ।

“पदाधिकारी” भन्नाले संघको कार्यसमितिका अध्यक्ष, उपाध्यक्षहरु, महासचिव, कोषाध्यक्ष र सचिव सम्मका पदाधिकारीलाई जनाउनेछ ।

“प्रतिनिधि” भन्नाले यस संघका कुनै पनि साधारण सभाको बैठकमा साधारण सदस्यहरुको तर्फबाट दफा ११ बमोजिम प्रतिनिधित्व गरी आउने व्यक्ति सम्झनुपर्नेछ ।

“रोजगार” भन्नाले वैदेशिक रोजगारलाई जनाउनेछ ।

“समिति” भन्नाले कार्यसमितिबाट गठित समिति वा उपसमितिलाई जनाउनेछ ।

“तोकिएको वा तोकिए वमोजिम” भन्नाले यस विधान अन्तरगत बनेका नियम तथा विनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनुपर्दछ ।

“स्थानीय अधिकारी” भन्नाले प्रमुख जिल्ला अधिकारीलाई जनाउँदछ ।

३. संघको छापः

संघको छुट्टै लोगो (चिन्ह) तथा छाप अनुसुची –१ मा उल्लेख भए बमोजिम हुनेछ ।

संघले व्यक्ति सरह चल वा अचल सम्पत्ति प्राप्त गर्न उपभोग गर्न वेचविखन गर्न तथा ऋण लिन सक्नेछ ।

संघले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजुर गर्न र सो उपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ ।

४. संघको कार्यालय:

यस संघको केन्द्रीय कार्या लय काठमाडौँ जिल्ला का.म.न.पा वडा नं २, लाजिम्पाटमा रहनेछ तथा आवश्यकता अनुसार शाखा तथा उपशाखा स्थानीय अधिकारीको पुर्व स्वीकृती लिई अन्य जिल्लाहरुमा पनि स्थापना गर्न सकिने छ ।

Want to see our members?

View Membership Details

Waiting For Your Creative Advice

We have creative suggestions for NAFEA—please connect with us.

Call Us

+977-1-4578440

Mail us anytime

info@nafea.org.np